Monday, January 06, 2014

gajal lekhna khojeko struchure bigriyera poem nai banechha...

   

झुक्दै छ आकाश अनि भासिदैछ धर्ती आज
हराएको मर्यादा संगै गुम्दैछ अब लाज
सामाजिक मन्यता त रुडिबादमा पुरिएछ
आधुनिक भेलबाडिले पुरिदै छ नेपल आज


छोटिएछन् फरिया अनि हराएछन् चोलि आज
दौरासुरुवाल् मसिएछन् उड्यो शीरको टोपि आज
पसिना नि गनाउने रे अत्तरले भिजेपछि
पहरो चड्ने वीरलाइ पाखे भन्दा लाग्ने लाज 


इमान्दारी बेचिएछन् भ्रस्ट भयो समाज आज
सतीको सरापले नैतिकता नि मर्‍यो आज
छितीजको घाम संगै भावना नि डुबेपछि
पग्लिएको हिमाल संगै च्यतिएछ झन्डा आज


सुत्न नदेउ उठाउ जगाउ मनभित्रको नेपाल आज
नैतिकता को पाइला टेकि राष्ट्रियता जोगाउ आज
बाच्नु को के अर्थ होला पहिचान नै घुमे पछि
नेपालको गौरब बोकी लम्कनु छ संसार् माझ





                                                                                                              February 23, 2012

No comments:

Post a Comment